स्वास्थ्य मन्त्रालयको निर्देशन : यूकेबाट आएका सबै यात्रु अनिवार्य होटल क्वारेन्टाइनमा बस्नु

संयुक्त अधिराज्य (युके) बाट पुस १ देखि ७ गतेभित्र नेपाल आएका व्यक्तिहरुलाई १० दिनसम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रकारको भाइरसको प्रकोप फैलिरहेका बेला यही समय नेपाल आएका यात्रुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरे।

‘पुष १ देखि ७ गतेसम्म यूकेबाट नेपाल आएका र यूके हुँदै नेपाल आएका सबै यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्नुहोला,’ डा. गौतमले भने, ‘ संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रक्तिवेश गरेका सबै व्यतिहरुलाई नेपाल प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई आरटी पिसिआर परीक्षण गर्न समेत अनुरोध गर्दछौँ।’

सरकारी प्रयोगशालामा गएर नि शुल्क परीक्षण गर्न सकिने समेत डा. गौमतले बताए ।

संयुक्त अधिराज्यमा हालै नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखापरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।

नेपालमा पनि सम्भावना रहेको भन्दै आजैदेखि उच्च सतर्कता अपनाउनका लागि सरकारले यूकेबाट आउने र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय