देशभर ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१८

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ५ सय ५९ पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार काठमाडौं उपत्यकामा ३ सय १८ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका देशभर ७ हजार ५ सय १५ जना संक्रिय संक्रमित छन्। जसमध्ये ३ हजार ३ सय ९६ जना संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार हालसम्म १८ लाख ७ सय ४० जनाको पिसिआर परीक्षण भएको छ।

बुधबार ४ सय ९ जना क्वारेन्टाइनमा रहेका छन्। आज ९ सय ५२ जना संक्रमण मुक्त भएका छन्।

हालसम्म २ लाख ४६ हजार ६ सय ६१ जना संक्रमण मुक्त भएका छन्।

जुन कुल संक्रमणको ९६ दशमलव ३ प्रतिशत हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय