सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत
पाल्पाको तिनाउ गाउँपालिका-२ ओढारखोलामा एक युवकले आफ्नै बहिनीलाई सात वर्षसम्म बलात्कार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको छ।
हाल बुटवलस्थित एक संस्थामा कार्यरत ती व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा हाडनाता करणीको मुद्दा परेको हो।
पीडितले मंसिर २३ गते हाडनाता करणीअन्तर्गत मुद्दा दर्ता गराएकी हुन्।
मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवानाको व्यवस्था छ।