‘सुहागरात’ नै अभिषाप बनेपछि…

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ८ गते ११:३७

विवाहपछिको पहिलो रात नवविवाहित जोडीका लागि मिठो र यादगार हुने गर्छ। एकअर्कालाई बुझ्ने र मायाप्रेम साटासाट यही सुहागरातबाट सुरु हुन्छ।

तर, भारतको उत्तरप्रदेशस्थित महराजगंज जिल्लामा भने एक जोडीका लागि त्यही रात नै अभिषाप बन्यो। उनीहरुलाई अलग बनायो।

विवाहको पहिलो रातमै बेहुलापक्षले दुलहीमाथि विभिन्न लाञ्छना लगाउँदै कुटपिट गर्यो। त्यो रात उनले जसोतसो गरी काटिन् अर्को बिहान उनले घटनाबारे माइतीपक्षलाई जानकारी दिइन्। त्यसपछि दुवैपक्षबीच विवाद सिर्जना भयो।

माइतीपक्षले दाइजोको कारण देखाउँदै छोरीमाथि कुटपिट भएको आरोप लगाएको छ। बेहुलीले आफूमाथि दाइजोको कारण देखाउँदै अभद्र भाषा प्रयोग भएको र कुटपिट गरिएको बताएकी छिन्। यता, बेहुलापक्षले उनी धेरै बेर फोनमा व्ययस्त भएको र यसबारे सोध्दा आफूमाथि जाइलागेकी आरोप लगाएको छ।

कुटपिटपछि बेहुली माइतमा बसेकी छिन् भने बेहुलापक्षविरुद्ध उनीहरुले पुरन्दपुर प्रहरी चौकीमा दाइजो उत्पीडनको मुद्दा दर्ता गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय