अब बेलायतबाट नेपाल आउन नपाइने

बेलायतमा कोरोना संक्रमण फैलिएकाले नेपाल आउनको प्रतिबन्ध गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउनका लागि रोक लगाएको हो।

कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको छ।

भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय