संघर्ष समितिले स्वास्थ्य मन्त्रालयलाई दिएको अल्टिमेटम गुज्रियो, अब देशभर आन्दोलन

फाइल फोटो

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले देशभर आन्दोलन चर्काउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको अल्टिमेटमको समयावधि गुज्रिएसँगै समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको हो।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष तथा संघर्ष समितिका सहसंयोजक रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयबाट हालसम्म कुनै प्रतिक्रिया नआएकाले आन्दोलनबाहेक अन्य विकल्प नरहेको बताए।

उनका अनुसार यसअघि राजधानीमा मात्र सीमित रहेको आन्दोलन अब देशभर चर्काइनेछ।

समितिले माग सुनुवाइका लागि मंसिर ७ गते २१ दिनको अल्टिमेटम दिएको थियो। त्यसपश्चात पनि समितिले थप ७ दिनका लागि समयावधि थप गरेको थियो।

४ हप्ताको अवधिमा पनि मन्त्रालयले उनीहरूको मागमा कुनै चासो नदेखाएका कारण बाध्यतावस आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

‘मन्त्रालयले यतिका दिनसम्म मागप्रति चासो देखाएन,’ घिमिरेले हेल्थपोष्टसँग भने, ‘ हामी अब आन्दोलनलाई चरणवद्धरूपमा कसरी लैजाने भन्ने कुरामा छलफल गरिहेका छौं।’

घिमिरेले अब प्रदेश र स्थानीय स्तरमा आन्दोलन बढाउने बताए।

आज बसेको समितिको बैठकले देशभरका सम्पुर्ण स्वास्थ्यकर्मीलाई विभिन्न रचनात्मक कार्यक्रम गर्नको लागि अनुरोध गरेको छ।

त्यसैगरी, पौष १२ गते स्वास्थ्य मन्त्रालयको अगाडी प्ले कार्ड सहित मौन धर्ना कार्यक्रम रहेको घिमिरेले बताए।

संघर्ष समितिमा स्वास्थ्यसँगका सम्बन्धित विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनले १८ वटा मुद्दालाई अगाडि सारेका छन्।

कोरोनालगायत जनताको अन्य जटिल रोगको उपचार राज्यले निःशल्क गर्नुपर्ने, आइसियु र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बिमा लगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सवै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने माग समितिको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय