थप ७ सय २२ जना कोरोना पुष्टि, ९६६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।

गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयको अनुसार नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।

आज देशभर ७ हजार ७ सय २९ जना आइसोलेसनमा र ४ सय १३ जना क्वारेन्टाइनमा छन्।

मगंलबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट १ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय