सार्कमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल पहिलो
सार्क देशहरुमा कोरोना भाइरस संक्रमणमुक्त हुने मुलुकमा नेपाल अग्रस्थानमा छ।
नेपालमा संक्रमितको संख्या घट्दै गएको र संक्रमणमुक्त हुने संख्या बढ्दो छ।
हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ८ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ लाख ५४ हजार ५ सय १४ जना संक्रमित भएका छन्।
जसमध्येदुई लाख ४४ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन्।
सार्कमा राष्ट्रहरू मध्ये संक्रमणमुक्त हुने दोस्रो नम्बरमा माल्दिभ्स छ।
माल्दिभ्समा कुल संक्रमित मध्ये ९५ दशमलव ६ प्रतिशत संक्रमणमुक्त भएका छन्।
तेस्रो स्थानमा भारत छ। भारतमा कुल संक्रमितमध्ये ९५ दशमलव ५ प्रतिशत संक्रमणमुक्त भएका छन्।
त्यसैगरी, क्रमश कुल संक्रमित मध्ये भुटानमा ९४ दशमलव ८, पाकिस्तानमा ८७ दशमलव ३, बंलादेशमा ८७ दशमलव २ , अफगानिस्तान ७६ दशमलव ८ र श्रींलकामा ७५ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएका छन।