यी दुई जिल्लामा छैइनन् कोरोना संक्रमित

हाल नेपालका ७५ जिल्लामा सक्रिय संक्रमित छन्। तर, दुई जिल्लामा भने हाल संक्रमितको संख्या शुन्य छ। ती हुन्, मनाङ र मुगु।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको रेड जोनमा पाँच जिल्लालाई राखेको छ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, कास्की, नवलपरासी पुर्व,म्यादी र कैलाली रहेका छन्।

५ सयभन्दा बढी केश रहेका जिल्लामा काठमाडौं र ललितपुर रहेका छन्। जसमा काठमाडौंमा ३ हजार ४ सय ४८ र ललितपुरमा ६ सय २८ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ।

त्यसैगरी, नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ४ सय ४३ पुगेको मन्त्रालयको तथ्यांक छ। कुल संक्रमित मध्ये निको हुने प्रतिशत ९५ दशमलव ८ रहेको छ।

हालसम्म कोरोनाबाट नेपालमा १ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय