क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले एक औषधिको विक्री–वितरणमा रोक लगाएको छ।

नियमित बजार अनुगमन तथा गुणस्तर परीक्षणका क्रममा गुणस्तरहीन पाइएका ती औषधि बजारबाट फिर्ता गर्न विभागले सम्बन्धित कम्पनी तथा आयातकर्तालाई निर्देशन दिएको छ।

विक्री–वितरणमा रोक लगाइएको औषधि नेपाली कम्पनीको हो।

नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टिएसि टु— ०१५ को असिफिक्स (रेब्राजोल सोडियम) २० एमजीको ट्याब्लेट माथि विक्री विवरणमा रोक लागेको हो।

असिफिक्स ट्याब्लेटको प्रयोगको पेटको अल्सर तथा पेट फुल्दा प्रयोग गरिन्छ।

उल्लेखित उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि न्यून गुणस्तरका भेटिएका छन्।

बजारमा न्यून गुणस्तरका औषधिको बिगबिगी चलिरहँदा नियामक निकाय विभागले आवश्यक मात्रमा अनुगमन गर्न सकिरहेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय