बाइडेनले लगाए फाइजरको कोरोना भ्याक्सिन

आगामी कार्यकालका लागि अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन्।

उनले खोप लगाएको टेलिभिजनमार्फत देखाइएको थियो। फाइजर कम्पनीको खोप लगाउँदै उनले यो खोप लगाउन सुरक्षित भएको अमेरिकी जनतालाई देखाउन आफूले पनि लगाएको बताए।

खोप लगाइसकेपछि उनले भने, ‘म यो देखाउन चाहन्छु कि खोप उपलब्ध हुनेवित्तिकै यसलाई लगाउन जनता तयार हुन्। यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन। यो सुरक्षित छ।’

बाइडेनभन्दा अघि थुप्रै नेताहरुले फाइजरविरुद्धको खोप लगाउन सुरु गरिसकेका छन्। यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्स र गृहप्रवक्ता नान्सी पेलोसीले यो खोप लगाइसकेका छन्। उपराष्ट्रपति कमला ह्यारीस र उनका पतिले भने आगामी साता लगाउने भएका छन्।

फाइजर कम्पनीको खोप अमेरिकामा आपतकालिन प्रयोगका लागि अनुमति पाउने पहिलो हो भने गत सातामात्रै अमेरिकाले दोस्रो कोरोनाविरुद्धको खोपका रुपमा मोडेर्नालाई अनुमति दिएको थियो।

अमेरिकामा ५ लाख बढीलाई कोरोनाको खोप लगाइसकिएको बताइएको छ। अमेरिकामा कोरोना संक्रमणका कारण ३ लाख १९ हजार बढीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय