जोखिम भत्ता नपाएपछि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए वीरका रेजिडेन्ट डाक्टर

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

सरकारले कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकसँगै स्वास्थ्यमर्कीलाई जोखिम भक्ताको घोषणा गरे पनि नपाएपछि उनीहरूले सोमबार हातमा कालोपट्टी बाँधेरै काम गरेका हुन्।

रेजिरेन्ट एशोसिएन अफ न्याम्सले सोमबार जारी गरेको विज्ञप्तीमा आफूहरूको मागको तत्काल सुनुवाइ थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

हामारीको जोखिममा दिनरात काम गर्दा अस्पताल प्रशासनबाट उचित मूल्यांकन हुन नसकेको चिकित्सकहरूको आरोप छ।

कोभिड उपचार व्यवस्थापनमा चिकित्सकको भूमिकाको कदर नगरी अधिकांश आवासीय चिकित्सकको नाम छुटाएर काम अनुसारको सम्माजनक जोखिम भत्ता नराखी तयार पारिएको सूचीप्रति असहमत रहेको एशोसिएनका महासचिव डा. अनुप रेग्मीले बताए।

‘नियमानुसार न्यायपूर्ण तरिकाले कोभिड जोखिम भत्ता उपलब्ध गराउन पटकपटक आग्रह गरिरहेका छौ,’ विज्ञप्तीमा भनिएको छ, ‘माग सम्बोधन नभएमा थप कडा आन्दोलन ल्याउन बाध्य हुनेछौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय