६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षणमा ७ सय ४२ मा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ३ सय ५१ जनाको स्बाब परीक्षण गर्दा ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयको अनुसार आज थपिएको सहित नेपालमा संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ।
सोमबार थप १ हजार ७९ जना संक्रमणमुक्त भएका छन्।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।