‘कोरोना लक्षण छ ? घरमा नबस्नू, अस्पताल जानू’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लक्षण देखिएको अवस्थामा घरमै बसेर जोखिम नलिन र अस्पताल जानको लागि आग्रह गरेको छ ।

आइतबार कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना लक्षण भएर घरमै बसिरहेका संक्रमितले स्वास्थ्यकर्मीको सम्पर्कमा बस्ने तथा आवश्यक स्वास्थ्य उपचार गराउनका लागि अस्पताल जान अनुरोध गरे।

पछिल्ला दिनमा कोरोना परीक्षण घटेको छ । लक्षण देखिएपनि परीक्षण गर्नभन्दा होम आइसोलेसनमै बस्ने प्रवृति बढेसँगै संमग्र संममितको संख्या घटेको देखिएपनि आइसियुमा भर्ना हुने र मृत्युदर पनि बढिरहेको छ ।

‘सरकारले कोभिड १९ को परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ,’ डा. गौतमले भने, ‘कोभिड–१९ को लक्षण तथा चिन्ह देखिएमा तुरुन्तै परीक्षण गराउनुहोस र आवश्यक उपचार सेवा लिनुहोस।’

देशभरका सबै सरकारी कोभिड १९ परीक्षण गर्ने प्रयोगशालमा निशुल्क पिसिआर परीक्षणको व्यवस्था रहेको डा. गौतमले बताए। ‘लक्षण भएर घरमै बसिरहनु भएको भने अस्पतालमा गएर आवश्यक स्वास्थ्य उपचार लिनुहोस,’ डा. गौतमले भने, ‘तपाई हाम्रो संक्रियताले संक्रमणदर रोक्न सकिन्छ।’

डा. गौतमले परीक्षण तथा उपचार गराउनुपर्ने व्यक्तिको लागि घरपरिवार तथा छिमेकलाई सहयोग गर्न अनुरोध गरे।

देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३ हजार ४ सय ८३ जना संस्थागत र ४ हजार ८ सय ३७ जना होम आइसोलेनमा रहेका छन्।

सरकारले यसभन्दा अगाडी कोरोना कडा लक्षण देखिएमात्र पिसिआर परीक्षण गर्ने र बेहोस भएमात्र अस्पताल आउनुपर्ने भन्ने नीति लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय