आइतबार थप ५ सय ८८ जनामा कोरोना पुष्टि, १ हजार ९७ संक्रमण मुक्त

हेल्थपोस्ट नेपाल

गत २४ घन्टामा थप ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६ सय २० पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।

आज काठमाडौं उपत्यकामा थप २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आइतबार देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको अनुसार ३ हजार ४ सय ८३ संस्थागत र ४ हजार ८ सय ३७ जना होम आइसोलेसनमा रहेका छन्।

गौतमका अनुसार हालसम्म १८ लाख ७० हजार ८ सय ३० जनाको पिसिआर परीक्षण भएको छ।

आज देशभर ४ सय २७ जना क्वारेन्टाइनमा रहेका छन्।

आइतबार १ हजार ९७ जना संक्रमण मुक्त भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *