मनमोहन सेन्टरको कार्डियोलोजी विभाग प्रमुखमा डा. रत्नमणि गजुरेल

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी (मुटुरोग) विभागको प्रमुखमा डा. रत्नमणि गजुरेल नियुक्त भएका छन् ।

आइओएम अन्तर्गतको महाराजगञ्ज क्याम्पसको निर्णयअनुसार डा. गजुरेल विभागीय प्रमुख नियुक्त भएका हुन् ।

हेल्थअसिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका डा. गजुरेलले उच्चस्तरीय फेलोसिपबाहेका सबै चिकित्सकीय डिंग्री आइओएमबाटै हाँसिल गरेका हुन् ।

आफ्नो सबै शैक्षिक र क्लिनिकल ‘करिअर’ आइओएममै समर्पित गरेका डा. गजुरेलले आजै विभागीय प्रमुखको पदबहाली गरे ।

सहकर्मीहरु उनलाई आइओएमबाट उत्पादन भएको र आइओएमकै लागि समर्पित चिकित्सकको रुपमा लिन्छन् ।

विभागीय प्रमुखको जिम्मेवारीपछि हेल्थपोस्टसँग कुरागर्दै डा. गजुरेलले सेन्टरको सेवालाई थप विस्तारमा ध्यान दिने बताए ।

‘मेरो करिअरमा अन्तराष्ट्रियस्तरका सेन्टरमा सिक्ने अवसर पाएँ, त्यो ज्ञान र सीपका आधारमा सेन्टरको विभागको विकासमा केही योगदान गर्नसक्छु भन्ने विश्वास छ’ उनले भने ।

०४९ सालमा आइओएमबाट हेल्थ असिस्टेन्ट (एचए)को पढाई पूरा गरेसँगै आँखा रोग विभागबाट सेवा प्रवेश गरेका थिए ।

डा. गजुरेलले आइओएममा २०५६ सालमा एमबिबिएस, सन् २००४ मा इन्टरनल मेडिसिनमा एमडी (स्नातकोत्तर) गरेका थिए ।

उनी आइओएमको डिएम÷एमसिएच पहिलो पहिलो ब्याचमै डिएम कार्डियोलोजी गरेका थिए ।

सन् २०१३ मा डिएमपछि पनि डा. गजुरेलले अमेरिका, वेलायत र सिंगापुरका विभिन्न इष्टिच्युटबाट कार्डियोलोजीमा फेलोसिप पूरा गरेका छन् ।

तस्बिरः सूर्य देवकोटाको फेसबुकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय