कोरोनाका कारण उत्पन्न हुने ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम’ले नेपालमा एक बालकको मृत्यु

नेपालमा कोरोना संक्रमण पछि बालबालिका जटिल खालका समस्या देखिन थालको छ।

पछिल्ला दिनमा कोरोना संक्रमणमुक्त भइसकेको अवस्थामा पनि बालबालिकालाई जटिल स्वास्थ्य समस्या ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआइएस—सी) देखिन थालेको छ। जसको कारण एक जना बालकको मृत्यु भएको छ।

काभ्रेका १३ वर्षीय एक बालकको एमआइएस—सीका कारण मृत्यु भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तर, ती बालकको थप विवरण भने खुलाइएको छैन। अस्पताल प्रशासनको अनुसार सम्भवत नेपालमा एमआइएस—सीका मृत्यु हुने यो पहिलो हो।

डा. पौडेलका अनुसार अस्पतालमा ५ जना बालबालिका एमआइएस—सीका लक्षण लिएर आएका छन्।

याे रोग बालबालिकामा किन लाग्छ भन्ने कुराको यकिन त छैन तर, अहिले यो बालबालिकामा कोरोना भाइरससँगै जोडिएर देखिएको छ।

‘बालबालिकामा कोभिडपछि यस विभिन्न किसिमको जटिलता देखिन थालको छ,’ डा. पौडेलले हेल्थपोस्ट भने, ‘हामीका उपचारका लागि आएका बालबालिका २ देखि १३ वर्ष उमेरका रहेका छन्।’

उनका अनुसार एमआइएस—सी भएका बालबालिकामा लामो समयसम्म ज्वरो आउने, आँखाको साथै जिब्रो रातो हुने, झाडापखाला हुने, टाउको दुख्ने तथा छालामा बिरामी आउने हुन्छ।

डा‌. पौडेलका अनुसार ५ जना एमआइएस—सी भएका बालबालिकामा पिसिआर नेगेटिभ तर एन्टिबडी पोजेटिभ देखिएको थियो।

‘ति बालबालिकाको परिवारमा कोरोना पुष्टि भएको हिस्ट्री देखिन्छ,’ डा. पौडेलले भने, ‘कोरोनाको परीक्षण नेगेटिभ भएपनि एन्टिबडी पोजेटिभ देखिएको थियो।’

डाक्टर पौडेलले अस्पतालमा आएका मध्ये दुई बच्चामा उच्च ज्वरो, एकमा रक्तअल्पता, हार्ट फेलियर, श्वास प्रश्वासमा समस्या रहेको बताए। ‘१ जना बालक अहिले उपचारमा रहेका छन्। ३ जनालाई उपचार पछि घर पठाएका छौं,’ डा. पौडेलले भने, ‘ १३ बर्षिय बालकलाई हामीले बचाउन सकेनौ।’

ती बालकको ४ दिन अघि अस्पतालमा मृत्यु भएको थियो। उनलाई एमआइएस—सी भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

डा. पौडेलको अनुसार ती बालक हार्ट फेलियर भएर अस्पताल भर्ना भएका थिए।

‘उक्त बालकमा श्वासप्रश्वासमा समस्या साथै हार्ट फेलियरको रूपमा अस्पतालमा भर्ना गरिएको थियो,’ डा‌. पौडेलले भने, ‘मुटुले रगत सञ्चालन गर्न नसक्ने अवस्था अस्पताल आइपुगेका थिए।’

डा. पौडेलले यस्ता केशहरू अस्पतालमा आउने क्रम बढेको बताए।

यो पनि पढ्न होस :

टिचिङमा पहिलो पटक बच्चामा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ सफल उपचार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय