यी तीन जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ५ गते १३:१९

नेपालमा कारोना संक्रमण हुने दर बिस्तारै घट्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर ८ हजार ८ सय ४० संक्रिय केश रहेका छन्।

त्यसमध्ये ५ सयभन्दा बढी संक्रिय केश रहेका जिल्ला ३ वटा छन्।

काठमाडौं, ललितपुर र कास्कीमा पाँच सय भन्दा बढी संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार संक्रिय संक्रमितको संख्या सबैभन्दा बढी काठमाडौंमा छ।

काठमाडौं जिल्लामा मात्रै ३ हजार ७ सय ५६ जना संक्रिय संक्रमित छन्। त्यसपछि ललितपुरमा ६ सय ६६ र कास्कीमा ५ सय ५१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको अनुसार शुन्य संक्रिय संक्रमित भएको जिल्ला मनाङ हो।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। जसमध्ये १ हजार ७ सय ७७ जनाको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय