यसकारण गाजर खाँदा शरीरलाई हुँदैन कुनै फाइदा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ५ गते १०:२४

गाजर रुघाको लागि सुपरफुड मानिन्छ। गाजर थुप्रै प्रकारको पोषक तत्व हुन्छ। यो आँखा र मुटुका लागि निकै लाभदायक हुन्छ।

यस्तै गाजरको सेवनले थुप्रै विरामी निको हुन्छन्। गाजरमा बिटा क्यारोटीन प्रसस्त मात्रामा हुन्छ। जसले शरीरमा भिटामिन ‘ए’ बनाउन सहयोग गर्छ। तर, नयाँ अध्ययनले गाजर खाँदैमा सबैलाई फाइदा नगर्ने देखाएको छ।

अमेरिकाको इलिनोइस युनिभर्सिटीका खाद्य विज्ञान तथा न्युट्रिशन विभागका असिस्टेन्ट प्रोफेसर जाउम एमेङ्गुअलले आफ्नो टीमको साथमा एक अध्ययन गरेका थिए। यो अध्ययन मानिस र मुसामा गरिएको थियो।

गाजरमा रहेको बिटा क्यारोटीनले विटामिन ‘ए’ मा बद्लेर खराव कोलेस्ट्रोललाई कसरी कम गर्छ भन्ने कुराको शोधकर्ताले अध्ययन गरेका थिए।

टीमले कसरी गाजरमा रहेको बिटा क्यारोटीनले भिटामिन ‘ए’ मा बदल्छ र नराम्रो कोलेस्ट्रोललाई कम गर्छ भन्नेबारे अध्ययन गरेको थियो।

बिटा क्यारोटीनले एथेरोस्क्लेरोसिसबाट पनि बचाउँछ। एथेरोस्क्लेरोसिसका कारण धमनिमा बोसो र कोलेस्ट्रोल जम्नपुग्छ। यसकै कारणले कसैको ज्यान नै जान पनि सक्छ।

एमेन्गुअल र उनको टीमले मुटु र बिटा क्यारोटीनको प्रभावको बारेमा बुझ्न दुई ओटा अध्ययन गरे। एमेन्गुअलले शरीरमा बिटा क्यारोटीनको प्रक्रिया जटिए भएको बताए।

बिटा क्यारोटीन अक्सिजन-१ (एसीओ-१) एन्जाइमसँग मिलेर नै बिटा क्यारोटीन भिटामिन ‘ए’ बन्छ। यो एन्जाइम अनुवांशिक रुपमा शरीरमा कम वा बढी हुन सक्छ। एमेन्गुअलका अनुसार जुन मानिसमा यो एन्जाइमको कमी हुन्छ उनीहरूले भिटामिन ‘ए’ का लागि आफ्नो डाइटमा अर्को चिज सामिल गर्नुपर्छ।

जनरल अफ न्युट्रिशनमा छापिएको पहिलो स्टडिमा १८ देखि २५ उमेर समूहका ७६७ जना स्वस्थ युवाको ब्लड र डिएनए स्याम्पल लिइएको थियो। र, सोही स्याम्पलको विश्लेषण गरिएको थियो।

शोधकर्ताका बिटा क्यारोटीन अक्सिजन१ एन्जाइम र खराब कोलेस्ट्रोल स्तरका बीच एक सम्बन्ध पाइयो। एमेन्गुअलले भने, ‘जुन मानिसको शरीरमा एन्जाइम बिसिओ१ को अधिक सक्रिय बनाउने वाला अनुवांशिक तत्व थियो उनीहरूको रगतमा कोलेस्ट्रोल कम पाइयो।’

जुन मानिसको शरीरमा भिटामिन ‘ए’ को कम मात्रामा उत्पादन भयो उनको शरीरमा कोलेस्ट्रोल बढी थियो। यी नतिजाको आधारमा अर्को अध्ययन मुसामा गरियो। यो अध्ययनका बारेमा लिपिड रिसर्च जर्नलमा छापिएको छ।

यस अध्ययनमा सोधकर्ताले जुन मुसामा बिटा क्यारोटीन लिइयो उनमा पनि कोलेस्ट्रोलको स्तरमा कमी आयो। अध्ययनका अनुसार जुन मुसालाई बिटा क्यारोटीन दिइयो उनीमा एथेरोस्कलेरोसिका विरुद्ध बढी सुरक्षित पाइयो।

एमेन्गुअलले बिसिओ१ को कोलेस्ट्रोलसँग कस्तो महत्वपूर्ण सम्बन्ध छ भन्नेबारे बुझाएका छन्। रगतमा बिटा क्यारोटीन स्तरको ज्यादा मात्रा शरीरका लागि फाइदाजनक हुन्छ। तर, कम सक्रिय बिसिओ१ एन्जाइम यो संकेत गर्छकी तपाइको डाइटमा सामिट बिटा क्यारोटीन, विटामिन ‘ए’ कम या सुन्यमा परिवर्तित भइरहेको छ।

एमेन्गुजलले ५० प्रतिशत मानिसको शरीमा बिसिओ१ एन्जाइम कम सक्रिय हुन्छ। यसको मतलब हुन्छ यस्ता मानिसमा प्लान्ट बेस्ड डाइटसे भिटामिन ‘ए’ कम मात्रामा मिलिलरहेको छ। यस्ता मानिसले आफ्नो डाइटमा दूध र चीज जस्ता एनिमल बेस्ड फूड सामिल गर्नुपर्छ।

यदि तपाइले भिटामिन ‘ए’ को पाउनका लागि गाजर खाइरहनु भएको छ भने यसका साथै खानामा अन्य खाने कुराको पनि प्रयोग गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय