४ हजार ७८० जनाको परीक्षण हुँदा ७ सय १० मा कोरोना पुष्टि

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ७१० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० जनाको पीसीआर परीक्षण हुँदा ७१०जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। यसैगरी २४ घण्टामा १ हजार १७५ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ७७७ पुगेको छ ।

हाल नेपालमा ८ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन् ।



Leave a Reply

Your email address will not be published.