सन्धिखर्कका ६० सामुदायिक विद्यालयलाई थर्मल गन

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई थर्मल गन बितरण गरेको छ । जिल्लाका एक व्यक्तिले उपलब्ध गराएको थर्मन गन शुक्रबार एक कार्यक्रमका बिच विद्यालयलाई बितरण गरिएको हो ।

कोरोना महामारिका बीच विद्यालय संचालनका क्रममा विद्यार्थीको शरिरको तापक्रम चेकजाच गरी पठनपाठन गर्न सहज होस भनेर नगरपालिका भित्र रहेका सबै ६० वटै सामुदायिक विद्यालयलाई थर्मल गन बितरण गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए ।

सन्धिखर्क १ घर भई हाल काठमाण्डौमा बसोबास गरी बिभिन्न संघ सस्थामा आबद्ध रहेका सिए डिआर खनालले ६० वटा थर्मल गन नगरपालिकालाइ सहयोग गरेका थिए । त्यसपछि उक्त थर्मल गन नगरपालिकाले विद्यालयलाई वितरण गरेको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुरकुमार बिक, शिक्षा शाखा प्रमुख उप सचिव युगलनारायण बस्याल, शाखा अधिकृत मञ्जु खनाल , स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय