शुक्रबार ७ सय ८२ जनामा कोरोना पुष्टि, १ हजार २९ संक्रमणमुक्त

शुक्रबार देशभर ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो।

आज काठमाडौं उपत्यकामा थप २ सय ८७ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेका छन् ।

आज देशभरबाट थप १ हजार २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुने संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय