नेपालका दुई चिकित्सकलाई ‘वर्ल्ड हेल्थ अवार्ड’

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ३ गते १६:०२

नेपालका दुई चिकित्सकलाई यस वर्षको वर्ल्ड हेल्थ अवार्ड प्रदान गरिने भएको छ।

अवार्ड पाउनेमा डा. पशुपति महत र डा. अरूण राज कुँवर रहेका छन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाइ स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यका सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

वर्षमा एक पटक दिइने यो अवार्ड स्वास्थ्य क्षेत्रमा प्रभाकारी काम गर्ने चिकत्सकलाई दिने गरिन्छ।

नेपालको चिकित्सकले यो अवार्ड पहिलो पटक पाएका हुन्।

डा.महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुन।

त्यस्तै कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुन। कुँवरले कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटको नेतृत्व गरिरहेका छन।

 

One thought on “नेपालका दुई चिकित्सकलाई ‘वर्ल्ड हेल्थ अवार्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय