नेपालका ४ जना नर्स र मिडवाइफ विश्वकै ‘प्रभावशाली’
विश्वका प्रभावशाली सय नर्स तथा मिडवाइफ सूचीमा नेपालमा ४ नर्स तथा मिडवाइफ छानिएका छन्।
नर्स तथा मिडवाइफको अन्तराष्ट्रिय बर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, युएनएफपीए, अन्तराष्ट्रिय नर्सिङ परिषद् तथा अन्तराष्ट्रिय मिडवाइफ संघले विश्वका सय प्रभावशाली नर्स तथा मिडवाइफ सूचिकृत गरेको हो।
प्रभावशाली सूचिकृत हुनेमा नेपालका २ नर्स सहित २ मिडवाइफ रहेका छन्।
प्रभावशाली सूचिमा नर्स दुर्गा सापकोटा, शुस्मा योञ्जन रहेका छन् भने मिडवाइफ तर्फ प्रशंसा बुढा र रुक्मीनि त्रिपाठी रहेका छन्।
सापकोटा ९ बर्षदेखि जनस्वास्थ्य क्षेत्रमा कियाशिल रहेकी छिन्।
उनी, यौन, मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा अनुभवी रहेकी छिन्। त्यस्तै, योञ्जन समुदायमा पुगेर पोषण तथा महिला स्वास्थ्यको समस्यामा बारेमा परामर्श दिदैँ आएकी छिन्।
लामा र त्रिपाठी भने नेपालको मिडवाइफको पहिलो ब्याच हुन। उनी दुवै कोरोना महामारीको समयमा गर्भवतीलाई निशुल्क अनलाइन तथा टेलिफोन मार्फत परामर्श दिँदै आएका छन्।
४३ देशका ३ सयभन्दा बढी नर्स तथा मिडवाइफ नाम सिफारिस भएकोमा नेपालको तर्फबाट ४ जना नर्स तथा मिडवाइफ सूचिकृत भएका हुन्।