ओम्नी प्रकरणमा दोषी देखिए मलाई कारवाही गरियोस् : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ३ गते १४:४८

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वहुविवादास्पद ओम्नी प्रकरणमा आफूलगायत जो कोही दोषी पाइए कारवाही गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलाई चेतावनी दिएका छन्।

‘कोरोनाको आगो लागेका बेला अपर्झट स्वास्थ्य सामग्री खरिद गर्नु परेको हो र त्यसले कोरोना नियन्त्रणमा ठूलो सहयोग समेत ग¥यो,’ लामो समय समितिको बोलावट टारेर शुक्रबारको वैठकमा उपस्थित मन्त्री ढकालले भने।

खरिद ठेक्का दिइएको ओम्नी समूहलाई कालोसूचिमा राखिएको, धरौटी फिर्ता नदिइएको लगायतका प्रसंग उप्काउँदै मन्त्री ढकालले उक्त खरिद प्रकरणमा आफ्नो चाहिं कुनै गल्ति नभएको दाबी गरे।

आफ्ना सल्लाहकार डा. खेम कार्कीलाई खरिद समितिमा विज्ञका रुपमा तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशकको निर्णयबाट राखिएको र त्यसमा आफ्नो कुनै स्वार्थ नभएको पनि मन्त्री ढकालले प्रष्टोक्ति दिए।

सामान्य बजार मूल्यभन्दा सयौं गुना महँगोमा रातारात झण्डै सवा अर्व भ्रष्टाचार हुने गरी ओम्नी समूहलाई ठेक्का दिइएको विषयलाई हेल्थपोष्टनेपालले ‘बे्रक’ गरेको थियो।

उक्त प्रकरणको निरन्तर फलोअप गर्ने क्रममा आयोमेलले ओम्नी समूहमाथि सरकारप्रदत्त राजनीतिक संरक्षण एवम् समूहका वास्तविक साहु नवीन तुलाधरबारे विशेष खोजपूर्ण समाचार छापेको थियो।

मन्त्री ढकालको भूमिकामाथि प्रश्न गर्दै समितिले उपस्थित हुन पत्राचार र ताकेता गरिरहेका बेला उनलाई ‘असहजता’मा नपार्न सत्तापक्षका सांसद र सत्तानिकट व्यापारीहरुले केही दिनयता व्यापक लविङ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय