भक्तपुर क्यान्सर अस्पतालको समिति गठन, अध्यक्षमा डा. सिँह

सरकारले भक्तपुर क्यान्सर अस्पतालको विकास समितिको गठन गरेको छ।

अस्पतालको विकास समितको प्रमुखमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीप्रेन्द्ररमण सिहँलाई जिम्मेवारी दिइएको छ।

स्वास्थ्य मन्त्रालयले सिँह अध्यक्ष रहने गरी समितिको सदस्यमा नीति योजना महाशाखाका निर्देशक डा.गुणराज लोहनी र चिकित्सकका तर्फबाट डा. गणेश दंगाललाई नियुक्त गरेको छ।

त्यसैगरी, अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेल समितिका सदस्य सचिवमा रुपमा रहका छन्।

समितिमा भक्तपुर नगरपालिका मेयर पदेन सदस्य रहने व्यवस्था रहेको छ।

भक्तपुर जिल्ला अस्पतालका प्रमुख सदस्य रहने व्यवस्था छ। ११ सदस्यीय समिति पूर्णता हुनका लागि क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस हुन बाँकी रहेको छ।

सरकारले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको थियो। कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसअघि अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएकोमा त्यहाँं भ्रष्टाचार भयो भन्दै स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेको थियो।

संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अःपताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरी अगाडि वढेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय