सरकार स्वास्थ्यकर्मीको मनोबल बढाउन छाडेर धम्की मात्रै दिन्छ: डा. लोचन कार्की

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना भाइरस महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारले भूमिका खेल्न नसकेको आरोप लगाएका छन्।

डा. कार्कीले महामारीमा सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्नेमा उल्टै धम्कीको भाषा प्रयोग गर्ने गरेको बताए।

‘सरकार स्वास्थ्यकर्मीलाई कारबाही, लाइसेन्स खारेज गर्ने काममा लागेको छ। स्वास्थ्यकर्मीको हिसाब-किताब गर्ने धम्की दिँदै आएको छ,’ डा. कार्कीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘स्वास्थ्य मन्त्रालयले बेला-बेलामा स्वास्थ्यकर्मी माथि जुन भाषा प्रयोग गर्दै आएको छ, त्यो ठिक हो?।’

पेशागत स्वास्थ्यकर्मीका संगठनले स्वास्थ्यमा क्षेत्रका भएको कमीकमजोरीको विषयमा सल्लाह-सुझावलाई दिँदा सरकारले आलोचना गरेको र असहयोग गरेकोे दृष्टिकोण हेरिरहेको डा. कार्कीको भनाइ छ।

‘कुनै पनि दिएको सल्लाह(सुझावलाई आलोचनाको हिसाबले हेर्नु भएन,’ डा. कार्की भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न आवश्यक छ।’

स्वास्थ्यकर्मीलाई मनोबल बढाउन ठूलो कुरा छैन नि। यहाँ ढाडस दिने कुरामा कञ्जुस्याई गरिन्छ। उल्टै स्वास्थ्यकर्मी चेतावनी दिइन्छ, यस्ता विषयमा हामीले दुख मान्ने बाहेक के नै बाँकी रह्यो र,’ डा. कार्कीले भने।

त्यसैगरी, कोरोना माहामारी दिनरात खटेर काम गरिरहेका स्वास्थ्यकर्मीको भावनालाई सरकारले बुझ्न नसकेको उनको आरोप रहेको छ।

‘मन्त्रालयको नेतृत्व तहमा बसेका व्यक्तिले ग्राउण्ड लेबलमा काम गरेको दुख बुझ्न आवश्यक छ,’ उनी भन्छन्, ‘मन्त्रालयमा बसेर महामारीलाई पराजित गर्न सकिएन होला? स्वास्थ्यकर्मीले ग्राउण्ड लेभलमा कामलाई हेर्न मूल्याकंन गर्न जरूरी छ।’

स्वास्थ्य साम्रगी उपलब्ध नहुँदा वा तलब नै नपाए पनि स्वास्थ्यकर्मी कहिल्यै आफ्नो धर्मबाट नपन्छिएको उनको भनाइ छ।

‘स्वास्थ्यकर्मी कोरोना महामारीमा पिपिई नपाउँदा तथा तलब नपाउँदा पनि दिनरात खटिए, खटिरहेका छन्। स्वास्थ्यकर्मीको यो योगदान नभएको भए कोरोना संक्रमणको मृत्युदर कमी आउथ्यो?’ डा. कार्की प्रश्न गर्छन।

‘स्वास्थ्य मन्त्रालयले कोरोना मृत्युदर ०.६ प्रतिशतभन्दा माथि गएको छैन गर्व गर्दै आएको छ। जुन कसको साथ-सहयोगले भएको छ। त्यो कुरा सरकारले बुझ्न जरूरी छ,’ डा. कार्कीले भने।

(डा. कार्कीसँगको अन्तर्वार्ता केही बेरमा प्रकाशित हुनेछ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय