नेपाल प्रवेशपछि कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २ गते १७:२७

सरकारले नेपाल आउने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टमको निर्णयअनुसार नेपाल प्रवेश गरेको वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ ।

मन्त्रालयले संक्रमण पुष्टि भएको हकमा भने संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको भन्दै सो अनुसार गर्न गराउन सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय