पिजी परीक्षा पुस १८ बाट सुरू हुने
चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षा यही पुस १८ गते सुरू हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ।
आयोगले बिहिबार एक सुचना निकाल्दै पिजि परीक्षाको नयाँ मिति सार्वजानिक रहेको हो।
आयोगले सार्वजनिक गरेको परीक्षा मिति अनुसार पुस १८, १९ र २० गते परीक्षा हुने छ।
कोरोना संक्रमित परीक्षार्थीको लागि आयोगले छुट्टै व्यवस्था गर्ने जनाएको छ।
यसअघि चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।
स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।