थप ७७६ जनामा कोरोना पुष्टि, ९४७ संक्रमणमुक्त
आज थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमित संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको जनाएको छ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ।
बिहिबार देशभर क्वारेन्टाइनमा ४४४ रहेको छन्।
आज देशभर ९ हजार ५८० जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार आज ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।