एन्टिबडी परीक्षण गर्दा पहिला कोरोना परीक्षण भए/नभएको यकीन गर्नुपर्ने

हेल्थपोस्ट नेपाल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले कोरोना भाइरस डिजिज (कोभिड–१९)को एन्टिबडी परीक्षण गर्दा यसअघि पिसिआर/एन्टिजीन परीक्षण गरे नगरेको अभिलेख राख्न प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

विगत कोरोना परीक्षण नगरे पनि प्रतिरोध क्षमता अर्थात् एन्टिबडी विकास भए/नभएको परीक्षण गर्ने प्रवृति बढेपछि प्रयोगशालाले यस्तो निर्देशन दिएको हो ।

विहीबार प्रयोगशालाहरुलाई पत्र लेखेर एनपिएचएलले पहिला परीक्षण भएको भए नतिजा पोजेटिभ वा नेगेटिभ के आएको थियो भन्ने अभिलेखसमेत राख्न निर्देशन दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *