धादिङ जिल्ला अस्पतालमा प्रसूति गृहको आउटरिच क्लिनिक, महिनामा एक दिन विशेषज्ञ सेवा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २ गते १४:०९

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले जिल्ला धादिङ अस्पतालमा पनि पुस महिनादेखि प्रसुति सेवा दिने भएका छन्।

जिल्लामा उपलब्ध नभएका जटिल प्रसुति सेवाहरु परोपकार प्रसूति गृहले विशेषज्ञ सेवा पुर्याउने भएको हो ।

सम्झौतामा प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्रा र धादिङ अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा. त्रिभूवनचन्द्र झाले हस्ताक्षर गरे ।

धादिङबासी महिलाहरुलाई जिल्लामा उपलब्ध नभएको थप स्त्री तथा प्रसुती रोगसँग सम्बन्धित अन्य सेवाहरु महिनाको एकदिन काठमाडौंको अस्पतालबाट गएका विशेषज्ञ चिकित्सकले दिने सहमति भएको निर्देशक डा. संगीता मिश्रले जानकारी दिइन् ।

डा.मिश्राका अनुसार अस्पतालमा पाठेघरको शल्यक्रिया, पाठेघर क्यान्सरलगायतका जटिल उपचार सेवा जिल्लामै प्रदान गरिनेछ ।

उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थामा कमी होस् भनेर अस्पतालले यस्तो सेवा सुरु गर्न लागेको हो ।

दुई अस्पतालबीच भएको सहमति अनुसार अहिले प्रसूति गृहका चिकित्सकले लागि महिनाको एकदिन धादिङमा गएर सेवा दिन्छन् ।

सेवाका लागि बिरामीको चाप बढेमा महिनामा दुई दिनसम्म यस्तो कार्यक्रम गर्ने योजना गरेको डा. मिश्राले जानकारी दिइन् ।

प्रसूति गृहको आउटरिच क्लिनिकबाट दिने सबै सेवाहरु निःशुल्क हुनेछ ।

प्रसूति गृहले हाल चन्द्रागिरीमा पनि यस्तै सेवा प्रदान गर्दै आएको छ । अस्पतालले आगामी दिनमा ताप्केश्वर नगरपालिकाबाट समेत यस्तै सेवा प्रदान गर्ने विषयमा छलफल भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय