श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा इन्सपेक्टर पक्राउ

वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) ध्रुव शर्मा पक्राउ परेका छन्।

श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेमविवाह गरेका थिए।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शर्माले ती युवतीसँग शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विवाह गरेको केही दिनपछि इन्सपेक्टर शर्माले जबरजस्ती ती युवतीलाई पर्वतकै एक क्लिनिकमा गर्भपतन गराउन लगाएका थिए।

सोही आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा जाहेरी दिएकी थिइन्।

पीडित युवतीको जाहेरीपछि इन्सपेक्टर शर्मा २७ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएका थिए।

घटनास्थल पर्वतको कुस्माबजार भएकाले थप छानबिनको लागि जिप्रका पर्वत पठाइएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए।

जिल्ला अदालत पर्वतबाट शर्मालाई १० दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय