पिजि परीक्षा विरुद्दको मुद्दा खारेज, परीक्षाको बाटो खुल्यो

चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको छ।

बुधबार अदालतले फैसला गर्दै परीक्षा विरुद्ध परेको विभिन्न मुद्दाको रिट खारेज गरेको छ।

अदातलमा पिजि विषयमा विदेशी कोटा आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको थियो।

आरक्षण विषयमा भने निर्देशनात्मक आदेश जारी भएको भएको अन्य मुद्दा भने खारेज भएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।

अदालतको फैसला पछि चिकित्सा शिक्षा नियमवाली अनुसार हुने सिट विभाजन हुने भएको छ।

चिकित्सा शिक्षा नियमावली अनुसार खुलातर्फ ५०, सरकारी चिकित्सकलाई ४० र विदेशीलाई १० प्रतिशत सिट निर्धारण गरिएको छ।

विदेशी विद्यार्थीको हकमा नेपाल आएर परीक्षामा सामेल सामेल नभएकाहरू लागि सिट नराखी बाँकी भएको सिट नेपालीलाई नै खुल्ला तर्फबाट राख्नुपर्ने भन्दै नेपाली विद्यार्थीले मुद्दा हालेका थिए।

‘चिकित्सा शिक्षा नियमावली अनुसार नै गर्नु भन्ने सर्वोच्चको आदेश रहेको छ,’ डा. गिरीले भने, ‘परीक्षा विरुद्ध हालेको माग सबै खारेज भएको छ।’

सर्वोच्चको आदेश अनुसार नै परीक्षा कार्योन्वयन हुने उनले बताए।

डा. गिरीले अब परीक्षा चाडौं सञ्चालन हुने बताए।

एमडीरएमएस, डिएमरएमसिएच, एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय