स्वास्थ्य सेवा विभागकाे तीन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर

स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाका प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निर्णय गर्दै तीन जना निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो।

जिम्मेवारी हेरफेर हुनेमा परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिँह तिंकरी, व्यवस्थापन महाशाखाका डा. रमेश खरेल र उपचारात्मक महाशाखाका प्रमुख तारा पोखरेल रहेका छन्।

तिंकरीलाई व्यवस्थापन महाशाखा, डा. पोखरेललाई परिवार कल्याण र खरेललाई उपचारात्मक महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, आपूर्ति व्वस्थापनको शाखाको जिम्मेवारीमा रहेका चुडामणि भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा पठाइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय