बुधबार ५५५५ जनाको पिसिआर गर्दा ७ सय ३६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५५५५ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ३६ जना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार संक्रयि संक्रमित ९ हजार ७ सय ५७ जना रहेको जानकारी दिए।

उनका अनुसार संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ६३ र होम आइसोलेसनमा ६ हजार ९४ रहेका छन्।

आज क्वारेन्टाइनमा ४ सय ५२ रहेका छन्।

बुधबार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार हालसम्म २ लाख ३९ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय