पिजी परीक्षाको फैसला सकियो

चिकित्सा शिक्षा स्नातकोत्तर तहको (पिजीको) परीक्षाको मुद्दाको फैसला सकिएको छ। तर, कुन—कुन विषयमा फैसला कस्तो आयो भन्ने एकिन विवरण आउन बाँकी नै रहेको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले फैसला सकिएको बताए।

‘कुनै मुद्दा खारेज भएका छन्। परीक्षाको टुगों लागेको छ,’ उनले भने,‘ सबै विवरण आउन बाँकी आउन बाँकी नै रहेको छ।’

अदालतमा केही दिनदेखि हेर्दा हेर्दै रहेको मुद्दामा वहश नसकिएकाले हेर्दा हेर्दै बुधबारलाई सारिएको थियो।

न्यायाधीशद्धय विश्वभरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशले उनीहरुको मुद्दा सुनुवाई गरिरहेको छ।

अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करारलगायतका विषयमा मुद्दा परेको छ।

यी सबै मुद्दालाई एकै ठाउँमा राखेर छलफल चलिरहेको छ।

चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

एमडीरएमएस, डिएमरएमसिएच, एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय