३१ लाख बराबरको अवैध औषधी बरामद, ८ जना पक्राउ

हेल्थपाेस्ट/चितवन
प्रकाशित
२०७७ पुष १ गते १५:३४

बिना इजाजत औषधी ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनबाट आठजना पक्राउ परेका छन्।

भारतबाट तस्कर गरी औषधी ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय माडीले मंगलबार माडी नगरपालिका–९ सोमेश्वरबाट ३१ लाख रुपैयाँ बराबरको औषधीसहित उनीहरूलाई पक्राउ गरेको हो।

माडीको बगही खोलाको किनारको झाडीमा बेवारीसे अवस्थामा औषधी रहेको सूचनाको आधारमा प्रहरी परिचालन भएको थियो। पक्राउ पर्नेमा चितवन र मकवानपुरका समान ४/४ जना रहेका छन्।

जसमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महत्तो, कालिका नगरपालिका–३का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महत्तो, मिलन महत्तो, मकवानपुर गढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, मकवानपुर गढी गाउँपालिका–३का २३ वर्षीय प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ वर्षीय बिपिन सापकोटा रहेको छन्।

चेकजाँचको क्रममा ठोरीबाट माडीतर्फ आउँदै गरेको ना४ख ४४२५ नम्बरको गाडीको डिक्कीमा लुकाएर ल्याउँदै गरेको औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

अवैद्य औषधी खोजिको क्रममा माडीका बालकृष्ण महत्तो र मिलन महत्तोको घरमा समेत लुकाई राखेको अवस्थामा विभिन्न किसिमका औषधी फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट टोटल एन्टिओक्सिडन्ट १ सय ५६ बट्टा, शिलाजित ८३, ओ मोरिंगा ५६ बट्टा, प्यन्याक्स जिनसेङ ६०, नेटुरोभिटा ५६, स्प्रिरुलिना ५०, डेपिलो १ सय ३०, क्याल्सियम ५६, एसर्पो ७९ र डेटोक्सिन लेखिएको १७ बट्टा बरामत गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

बरामद भएको औषधीको अनुमानित मूल्य २१ लाख १० हजार ५ सय ३२ र बेवारीसे अवस्थामा फेला परेको औषधीको अुनमानित मुल्य ९ लाख ९५ हजार १ सय रुपैयाँ रहेको थापाले जानकारी दिए।

पक्राउ परेका उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधी व्यवस्था विभागमा पठाइएको छ। उनीहरूको साथमा फेला परेका औषधी नेपालमा प्रतिवन्धित रहेको आर्युवेदिक चिकित्सहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय