नर्सिङ काउन्सिलले भन्यो- प्राक्टिल पुरा नगरी उर्तिण भएकाकाे नाम दर्ता गर्दैनौ

प्रयोगात्मक अभ्यास (प्राक्टिकल) को समय पूरा नगरि अन्तिम परीक्षामा सामेल भई उतीर्ण भएका लाई नेपाल नर्सिङ काउन्सिलले मान्यता नदिने जनाएको छ।

मसिंर १६ गते बोर्डको बैठकले सो निर्णय गरेको हो।

पूर्वाञ्चल विश्वविद्यालयले मंसिर ८ गते बिएस्सी नर्सिङ र पिबिबिएन कार्यक्रमको अन्तिम परीक्षाको कार्यतालिका प्रकाशन गरेपछि काउन्सिलले ध्यानाकर्षण जनाउदै काउन्सिले यस्तो सुचना जारी गरेको हो।

‘प्रयोगात्मक अभ्यासको समय पुरा नगरि फाइनल परीक्षामा सामेल भएर उर्तिण हुने विद्यार्थीलाई परिषद्ले मान्यता दिन र नाम दर्ता परीक्षामा सामेल गराउन सक्दैनौ,’ सुचना भनिएको छ।
उक्त विषय विश्व विद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लाई जानकारी गराउने निर्णय भएको काउन्सिलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय