पिजी परीक्षाको सुनुवाई आज हुँदै

चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षाका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज हुने भएको छ।

सोमबार बहस नसकिएको कारण सर्वोच्चले मगंलबारको सुनुवाई सारेको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।

अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करारलगायतका विषयमा मुद्दा परेको छ।

यी सबै मुद्दालाई एकै ठाउँमा राखेर छलफल चलिरहेको छ।

चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

एमडीरएमएस, डिएमरएमसिएच, एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय