काठमाडौंमा आज यस वर्षकै बढी चिसो
काठमाडौंमा आज बढी जाडो महशुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
राति आकास खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन्। उनले केही दिन बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम अझै घट्न सक्ने भएकाले सतर्कताका अपनाउन आग्रह गरिन्।
आज उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो।
हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराईका अधिकांश भूभागमा कुहिरो लागेको महाशाखाले जनाएको छ।
आज प्रदेश १, २ र बागमती प्रदेशका केही क्षेत्रमा सामान्य बदली भएपनि बाँकी क्षेत्रमा भने मौसम सफा रहेको महाशाखाको अनुमान छ।