लक्षण छ? रिपोर्ट नेगेटिभ आउँदैमा कोरोना होइन भन्न मिल्दैन

हेल्थपोस्ट नेपाल

संक्रमितसँग सम्पर्क भएको पाँच–६ दिनमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आउँछ।

साथै, लक्षण देखिएको एक सातामा पोजिटिभ रिपोर्ट आएको हुन्छ। त्यसपछि निमोनिया भइसकेको छ भने रिपोर्ट नेगेटिभ आउँछ। तर, नेगेटिभ आयो भनेर फेरि यो कोरोना होइन भन्न मिल्दैन।

यो पनि कोरोना नै हो तर यस्ता बिरामी धेरै कम हुन्छन्। एन्टिबडी परीक्षण गर्दा यो थाहा पाउन सकिन्छ।

यदि शरीरमा कोरोनाको एन्टिबडी तयार भइसकेको छ भने नाक र मुखबाट स्वाब परीक्षण गर्दा नेगेटिभ नै आउँछ। त्यसैले लक्षण छ, तर कोरोना नगेटिभ छ भने बेवास्ता गर्नु चाहिँ हुँदैन।

इन्फ्लुएन्जालाई सामान्यतयाः ‘फ्लु’ भनेर चिनिन्छ। यो पनि एक संक्रामक रोग हो जुन इन्फ्लुएन्जा भाइरसले गर्दा भएको हो।

यसका लक्षणमा उच्च ज्वरो, नाक बन्द हुने, घाँटी दुखाइ, मांसपेशी र जोरनी दुखाइ, टाउको दुख्ने, खोकी र थाकेको महसुस हुनेलगायत हुन्छन्।

अहिले केही बिरामी भित्रभित्र कोरोनाले खाइसकेका तर रिपोर्ट भने नेगेटिभ आउने पनि हुन्छ। त्यसैले नेगेटिभ भए पनि ढुक्क भएर बस्ने अवस्था छैन।

भाइरसको सम्र्पकमा आएको दुई दिनपछि खोकी लाग्नेजस्ता समस्या हुन्छ। यो दुई हप्ताभन्दा बढी रहनसक्छ। इन्फ्लुएन्जाका जटिलतामा भाइरल निमोनिया नै हो। लक्षणहरू हल्कादेखि गम्भीरसम्म हुनसक्छ।

कहिलेकाहीँ लक्षण सबै कोरोनाको भए पनि इन्फ्लुएन्जा भाइरसका कारण असर भएको हुनसक्छ।

कोरोना, इन्फ्लुएन्जा, रुखाखोकी यी सबैको लक्षण अलिअलि मिल्छ। त्यसैले सबैले केही भयो कि कोरोना हो कि भन्ने शंका गर्छन्।

यी सबैमा कुन रोग लागेको हो भनेर बाहिरबाट थाहा हुँदैन। त्यसैले लक्षण लामो समयसम्म छ भने अस्पताल वा चिकित्सकसँग जँचाउनुपर्छ।

कोरोना नेगेटिभ छ भनेर श्वासप्रश्वासका बिरामीलाई घरमै अक्सिजन दिएर राख्ने गरेको पाइन्छ।

आजभोलि सबै आफैं डाक्टर भएर उपचार गर्ने गर्दछन्। यस्तो नगरी डाक्टरको सल्लाहअनुसार मात्र समयमा उपचार गरेको खण्डमा निको पार्न सकिन्छ।

अहिले केही बिरामी भित्रभित्र कोरोनाले खाइसकेका तर रिपोर्ट भने नेगेटिभ आउने पनि हुन्छ। त्यसैले नेगेटिभ भए पनि ढुक्क भएर बस्ने अवस्था छैन।

(डा. अधिकारी ग्रान्डी अस्पतालका संक्रामक रोग विशेषज्ञ हुन्।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *