एनआरएनएले उपलब्ध गराएको १५ सय थान मास्क एनएमए लुम्बिनी शाखालाई हस्तान्तरण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २९ गते १५:५०

गैर आवासीय नेपाली संघ (एआरएनए)ले नेपाल चिकित्सक संघ (एनएमए)लाई उपलब्ध गराएको १ हजार ५ सय थान एन९५ मास्क लुम्बिनी शाखा पाल्पालाई हस्तान्तरण गरिएको छ ।

आइतबार एनएमए कार्यलयमा आयोजित कार्यक्रममा संघ अध्यक्ष डा. लोचन कार्की, बरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठ, महासचिव डा. बद्री रिजाललगायतले लुम्बिनी शाखा अध्यक्ष डा. निलराज शर्मालाई सो मास्क हस्तान्तरण गरे ।

कोभिड १९ उपचारमा प्रत्यक्ष संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनेगरी सो सामग्री एनआरएनएले सहयोग गरेको चिकित्सक संघका तर्फबाट संयोजक गरेका बरिष्ठ उपाध्यक्ष डा. श्रेष्ठले बताए ।
एनआरएनएका हेल्थ कमिटी संयोजक डा. सञ्जिव सापकोटाको पहलमा सो सामग्री एनएमएलाई सहयोग भएको हो ।

यसअघि एनआरएनएका कार्यकारी निर्देशक राजेश शमशेर राणाले एनएमएका बरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठलाई विहीबार एनआरएनएको कार्यलयमा एक कार्यक्रमका बीच सो मास्क हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय