थप ८२१ जनामा कोरोना, संक्रिय संक्रमित १०९५५

सोमबार नेपालमा ८२१ जना कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।

हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयको तथ्यांक रहेको छ। सोमबार देशभर ४७१ जना क्वारेन्टाइनमा रहेको छन्।
जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय