छातीरोग विशेषज्ञ डा. नविन बस्नेतको कोरोना संक्रमणबाट निधन

कोरोना भाइरस संक्रमणले वरिष्ठ छाती रोग विशेषज्ञ डा. नविन बस्नेतको निधन भएको छ।

कोरोना संक्रमणले गम्भीर बनेका डा. बस्नेतको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो।

डा. बस्नेतलाई केही समय अघि क्षयरोग भएको परिचाहन भएको थियो।

उनीमा समस्या झन गम्भीर भएपछि थप उपचारको लागि मेडिसिटी भर्ना गरिएको श्रीमति डा. इन्दिरा बस्नेत जानकारी दिइन।

‘उहाँलाई स्वास्थ्य समस्या देखिएपछि थप उपचारको मेडिसिटी अस्पताल ल्याएका थियौं,’ डा. बस्नेतले हेल्थपोस्टसँग भनिन्, ‘ उपचारको क्रममा हिजो साँझ निधन भयो।’

डा. बस्नेतको ६६ बर्षको उमेरमा निधन भएको हो।

उनलाई कोरोना संक्रमणका कारण एक्युट रेस्पिरेटरी डिस्ट्रेसको समस्या देखिएको थियो। सोही कारण उनको निधन भएको अस्पतालले जनाएको छ।

डा. बस्नेतको श्रीमती र २ छोरा छन्।

उनी नेपाल प्रहरी अस्पतालका टिबी विभागका संस्थापक समेत रहेका थिए।

यसअघि कोरोना संक्रमणबाट ५ जना चिकित्सकको निधन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय