सबै नेपालीले कोरोना खोप पाउँछन्, मन्त्रालयले पहल गर्दै छ : डा.जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै नेपालीले कोरोना खोप पाउने आश्वासन दिएका छन्।

आइतबार कोरोना बिफ्रिङमा डा. गौतमले कोरोना खोप ल्याउनको लागि सरकारले आवश्यक पहलहरू गरिरहेको बताए।

विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप नपाउने उनले बताए।

‘देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन्। बाँकी ७२ प्रतिशतलाई खोप लागाउने तयारीमा गरिरहेका छ,’ डा. गौतमले भने, ‘कोरोनाको खोप ल्याउनका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम गरिरहेको छ।’

उनका अनुसार नेपाललाई ‘कोभ्यास’ बाट २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइनेछ।

अन्य मानिसको लागि गुणस्तरीय, लागत कम, पूर्वाधार मैत्री एवं विद्यमान कानुन अनुरूप खोप उपलब्ध गराउने छौं,’ उनले भने, ‘यसको लागि खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडी बढाएको छ।’

खोप विज्ञ समित तथा ८ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडी बढाएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय