५१८१ परीक्षण हुँदा ८३० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर ८३० जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ हजार १ सय ८१ जनामा परीक्षण गर्दा ८ सय ३० जना संक्रमण पुष्टि भएको बताए।

आज काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।

डा. गौतमका अनुसार अनुसार आइतबार १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४ हजार ४ सय ६२ जना संस्थागत आइसोलेसन र होम आइसोलेसनमा ६ हजार २ सय ३२ रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म १८ लाख ३१ हजार ४१ जनामा परीक्षण भएको छ।

आज ५ सय १६ जना क्वारेन्टाइनमा रहेका छन्।

आइतबार १ हजार ५ संक्रमण मुक्त भएको डा. गौतमले बताए।

उनका अनुसार हालसम्म नेपालमा २ लाख ३५ हजार ७ सय ५१ जना संक्रमण मुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय