झापाका ११ जना पत्रकारलाई कोरोना पुष्टि

झापामा हालसम्म झापामा ११ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

दमकका पत्रकार विष्णु पौडेल एकसाता अघिदेखि कोरोना संक्रमणसित जुधिरहेका छन् । उनी होम आइसोलेसनमा छन् ।

पौडेल निष्कर्ष न्यूज साप्ताहिक तथा निष्कर्ष न्यूज डटकम अनलाइनका सम्पादक हुन् ।

यसअघि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटासहित १० जना पत्रकार संक्रमित भएका थिए ।

संक्रमित सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दैनिकीमा फर्किएका छन् ।

राष्ट्रिय समाचार समिति सञ्चालक समिति सदस्य दयाराम दाहाल शुलभ, पत्रकार महासंघ अअझापाका सहसचिव केशव भट्टराई, कार्यसमिति सदस्यहरु रमेश तिवारी, विनोद सापकोटा, कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखियालाई कोरोना संक्रमण भएको थियोे।

त्यस्तै पाथीभरा एफएमका समाचार सम्पादक लोकनाथ रिजाल, सगरमाथा टेलिभिजनका भूपाल लुइँटेल, महासंघका सदस्य माधव खतिवडा कल्पित र पत्रकार जीएन शर्मा कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

महासंघका सदस्य रहेका सबै पत्रकारको महासंघसहित विभिन्न सञ्चार संस्थाबाट कोरोना बीमा गरिएको छ ।

बीमा रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको महासंघ झापाका अध्यक्ष सापकोटाले बताए ।

महासंघ झापाको बैठकले कोरोना बीमाको रकम दाबी प्रक्रिया अघि बढाउन सहसचिव भट्टराई र कार्यसमिति सदस्य तिवारीलाई जिम्मेवारी दिएको छ ।

रासस सञ्चालक सदस्य दाहालले सबैभन्दा छिटो ११ दिनमा कोरोनालाई जितेका थिए भने सगरमाथा टेलिभिजनका लुइँटेलले करिब एक महिना अस्पताल बस्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय