स्वस्थ जीवनका लागि ‘सास’ फेर्ने कला

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २८ गते १४:४६

सन् २००५ मा ‘ब्रिदिङ इन्स्ट्रक्टर’ (उपयुक्तरूपमा श्वासप्रश्वास प्रक्रिया सञ्चालन गर्न सिकाउने प्रशिक्षक) को काम सुरु गर्दा एलान डोलानस“ग आºनो कामको माग र स्विकार्यतासम्बन्धी बजार अनुसन्धान गर्ने आर्थिक हैसियत थिएन।

जसका कारण उनी लन्डन वरपर भाडाको ट्याक्सीमा घुम्दै ‘म जीविकोपार्जनका लागि मानिसलाई बा“च्न कसरी राम्रो तरिकाले सास फेर्ने भनेर सिकाउने गर्छु’ भनेर चालकहरूलाई जानकारी दिने गर्दथे।

‘तर उनीहरू उत्तेजित हुँदै ‘कस्तो वाहियात! ठग!’ भन्दथे,’ डोलान सुरुवाती दिन सम्झन्छन्।

तर, समयक्रमसँगै ट्याक्सी चालक तथा अन्य मानिसहरूको उनीप्रतिको स्वभाव एवं प्रतिक्रियामा परिवर्तन आयो।

‘आजकल उनीहरू मलाई निद्रामा सास रोकिने समस्या वा श्रीमतीको ‘प्यानिक अट्याक’ लगायतबारे बताउँछन् र ती समस्या कसरी स्वासप्रश्वास प्रक्रियास“ग जोडिएको छ भनेर समेत प्रश्न गर्ने गर्छन्,’ उनी सुनाउँछन्।

प्रायःजसो यस्ता जिज्ञासा लिएर आउने व्यक्तिहरूले उनको एप डाउनलोड गर्ने गरेको समेत जानकारी दिए।

ब्रिदगुरु नामक कम्पनीका सञ्चालक डोलानले मानिसलाई सास फाल्नेभन्दा तान्ने प्रक्रिया लामो हुनुपर्छ र सास तान्दा र छोड्दा बीचमा नरोकिई श्वासप्रश्वास क्रिया सञ्चालन गर्नुपर्छ भन्दै फोक्सोबाट लामो एवं गहिरो श्वास कसरी लिने भनेर सिकाउँछन्।

श्वासप्रश्वासको यस्तो प्रक्रियाले तनाव कम गर्न, डर-चिन्ता एवं डिप्रेसन नियन्त्रणमा लिन, निद्रासम्बन्धी समस्या हल गर्न, श्वासप्रश्वास अवस्था सरल एवं सहज गर्न, बल एवं रोगविरुद्ध लड्ने क्षमता वृद्धि गर्न तथा भावनात्मक दबाब कम गर्न सघाउने उनको दाबी छ। उनले हालसम्म २४ प्रशिक्षार्थीलाई यस्तो सत्र चलाउन सक्षम बनाइसकेका छन्।

डोलान तथा अन्य प्रशिक्षकले यस्तो खालको श्वासप्रश्वास प्रशिक्षणप्रति असंख्य मानिसको रुची बढिरहेको जानकारी दिए। यही बढ्दो रुचीका कारण श्वासप्रश्वास विषयमा यस वर्षमात्रै ब्रिद वेयल, द पावर अफ ब्रिदवर्क, द ब्रिदिङ बुक र ब्रिदिङ फर वारियर्सलगायत शीर्षकमा कयांै पुस्तक प्रकाशनमा आइसकेका छन्।

तर, सामान्य अर्थमा हेर्दा यो अचम्मको विषय झैं लाग्छ। योगा वा ध्यान गरेपछि अन्तमा केही समय गहिरो श्वास लिने–छोड्ने कामले केही सहज र आराम पक्कै दिन्छ। हरेक दिन एउटा मान्छेले लगभग २३ हजार पटक स्वासको बारेमा नसोचिकनै श्वासप्रश्वास क्रिया सञ्चालन गर्छन्।

अध्ययनहरूले ब्रिदिङ एक्सरसाइज (श्वासप्रश्वास अभ्यास) ले दमको रोगीहरूका लागि अति नै लाभ पुगेको देखाएका छन्। सन् २०१८ मा सञ्चालन गरिएको एक अध्ययनले गहिरो, सुस्त, नाजल (नाकको प्वालबाट) र डायफ्राम (फोक्सोबाट) ब्रिदिङ प्रशिक्षण लिएका बेलायती दम रोगीमा जीवनको गुणस्तर वृद्धि भएको देखाएको थियो। अझ यस्तो खाले अभ्यासले मानिसमा दम रोगको लक्षण निवारण गर्न सघाउने त्यहा“का चिकित्सकको दाबी छ।

‘उपयुक्त रूपमा प्रशिक्षित फिजियोथेरापिस्टद्वारा श्वासप्रश्वास अभ्यास गराइएको व्यक्तिमा अझ राम्रो परिणाम देखिएको छ,’ दम रोगसम्बन्धी उक्त अध्ययनको नेतृत्व गरेका युनिभर्सिटी अफ साउथाम्पटनका प्राद्यापक माइक थोमस भन्छन्।

अनुसन्धानकर्ताले श्वासप्रश्वास अभ्यासमा सहभागी हुन चाहनेमध्ये अधिकांशले तनाव वा चिन्ता व्यवस्थापनका लागि त्यस्तो कार्यक्रममा सहभागी हुने गरेको बताए।

बेलायतको नेसनल हेल्थ सर्भिसको वेबसाइटमा जनाइएअनुसार गहिरो एवं पेटबाट श्वासप्रश्वास सञ्चालन गर्न सिकाउने छोटा–छोटा सत्रमा सहभागी भई यस्ता समस्या निराकण गर्न सकिने उनीहरूले जानकारी दिएका छन्।

त्यसो त वैज्ञानिकहरूले तनाव तथा चिन्ता कम गर्न योगा एवं ध्यानको कस्तो प्रभाव रहन्छ भन्ने विषयमा लामो समयदेखि अनुसन्धान गरिरहे पनि यस्ता समस्या समाधानमा ब्रिदिङ एक्सरसाइजको भूमिकाबारे पर्याप्त अनुसन्धान हुन सकेको छैन।

भारतमा गरिएको एक अनुसन्धानले ६ साता लामो प्राणायम श्वासप्रश्वास अभ्यास कार्यक्रममा सहभागी भारतीय विद्यार्थीमा डर÷चिन्ताको मात्रामा कमी आएको देखाएको थियो। यसैगरी सोही अध्ययनले प्रशिक्षार्थीहरूको ‘हार्ट रेट भेरिबिलिटी’ (सास लि“दा र छोड्दा मुटु धड्किने दरबीचको भिन्नता) मा वृद्धि आएको पनि देखाएको थियो।

सन् २०१७ मा प्रकाशित एक अध्ययनले चीनका २० जना आइटी क्षेत्रमा काम गर्ने व्यक्तिहरूले आठ सातासम्मको गहिरो र डायफ्राम ब्रिदिङ (फोक्सोबाट श्वासप्रश्वास सञ्चालन गर्ने) अभ्यासमा सहभागी भएपछि उनीहरूको शरीरमा तनाव सिर्जना गर्ने कोर्टिसोल हार्मोन उत्पादनमा गिरावट आएको देखाएको थियो।

त्यसैगरी इटालीका अनुसन्धानकर्ताले विस्तारै गरिने श्वासप्रश्वास क्रियाले हार्ट रेट भेरिबिलिटीमा वृद्धि ल्याउनुका साथै व्यक्तिलाई थप आराम र आनन्दित महसुस गराउने र डर÷चिन्ता कम गराउने निष्कर्ष निकालेका थिए।

यसैगरी श्वासप्रश्वासको तालिकाले शारीरिक पीडालाई पनि व्यवस्थापन गर्न सकिने देखिएको छ। यसै वर्षको जानवरीमा प्रकाशित एक परीक्षणमा आधारित शोधका अनुसार विशेषगरी प्रतिमिनेट ६ पटक लामो सास लि“दा र छोड्दा आगोले पोलेर भएको शारीरिक पीडा पनि कम गर्न सकिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय