नेपालमा ८९९ संक्रमित थपिए, थप १३५९ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल सक्रिय संक्रमित संख्या ११ हजार ६ सय ७३ रहेको छ।

आज थप १ हजार ३ सय ५९ जनाले संक्रमण जितेका छन्।

योसँगै संक्रमण मुक्त हुने कूल संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

हालसम्म संक्रमित हुने कूल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।

आज थप १५ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुने संक्रमितको कूल संख्या १ हजार ६ सय ८९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय